काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कर्णाली प्रदेशमा माओवादी पहिलो बन्ने सम्भावना रहेको पार्टी भएको बताएकी छन् ।
सीट बाँडफाँट गर्दा प्रदेशमा माओवादी नै पहिलो पार्टी बन्ने गरी भागबण्डा मिलाउनुपर्ने उनको तर्क गरेकी हुन् ।
उनले भनेकी छन्,‘ ७ वटा प्रदेशमा माओवादी पहिलो पार्टी बन्ने सबैभन्दा बढी सम्भावना भएको प्रदेश कर्णाली हो । विश्वास छ त्यसका लागि हाम्रा आदरणीय नेता कमरेडहरु लागि पर्नुभएको छ ।’
आसामी मंसिर ४ मा हुने निर्वाचन पछि पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी सीट बाँडफाँट हुनुपर्ने केसीको भनाइ छ ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी आफू लाग्ने बताएका थिए ।