Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सल्यानमा मन्दिर जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

सल्यान । सल्यानमा मन्दिर जान लागेको जिप दुर्घटना भएको छ। जिल्लाको खैराबाङ मन्दिर दर्शन गर्न यात्रु लिएर गएको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ भने १७ जना घाइते भएक छन्।

जिल्लाको कुमाख गाउँपालिका वडा नं-७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेको १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते कसैको पनि परिचय खुलेको छैन् ।

जिल्लाको कुमाख गाउँपालिका-७ जिमालीस्थित भित्री सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका -११ स्थित खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077