Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजतन्त्रबारे बाबुरामले भने - इतिहासले मिल्काइसकेको संस्था र व्यक्ति फर्काउनु हुँदैन

काठमाडौं । नेपाल समाजवादीका नेता डा.बाबुराम भट्टराईले इतिहासले मिल्काइसकेको संस्था फर्काउन नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रियालेख्दै भट्टराईले रवीन्द्र मिश्र र पूर्वराजाको क्रियाकलापलाई पश्चगामी शक्तिको संज्ञा दिएका हुन्।

भट्टराईले इतिहासले मिल्काइसकेको संस्था फर्काउन सम्भव नहुनेसमेत बताए। उनले लेखेका छन्, 'जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ।'

उनले यसबारे युवा पुस्ता बेलैमा सतर्क रहन जरूरी रहेको बताए । दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्ने हो तर इतिहासले मिल्काइसकेका संस्था र व्यक्ति फर्काउन नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077