Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे माधव नेपाल, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन् ।

शुक्रबार अपरान्ह अध्यक्ष नेपालले र चौधरीबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष नेपालसँग चौधरीले आफूमाथि राजनीतिक व्यवहार नरिएको गुनासो गरेको बताइएको छ ।

भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको बुझिएको छ । सरकारले छाड्ने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरिएको चौधरीले दुखेसो पोखेका थिए ।

हत्याको अभियोगमा चौधरी चार वर्षदेखि डिल्लीबजारस्थित कारागारमा सजाय भोगरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077