Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • गोठाटार गोली काण्ड : हत्यामा संलग्न तीनै जना सार्वजनिक

    गोठाटार गोली काण्ड : हत्यामा संलग्न तीनै जना सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।



    प्रहरीले वीरगञ्ज महागरपालिका-१६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका-१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका-१ की सुमी भनिने सुस्मिता स्याङताङलाई शुक्रबार सार्वजनिक गरेको हो ।



    वीरगञ्जका महोरम र रेहानले हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । सुस्मिताले भने अन्सारीको गतिविधि निगरानी गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूले लाल मोहम्मदलाई हत्या गर्नुअघि हतियार व्यवस्थापन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    लाल मोहम्मदको हत्या भएको घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल एक थान ९ एमएमको खोका ४ थान र ९ एमएमको जङ्गी राउण्ड ४ थान बरामद भएको थियो ।

    पक्राउमा परेका तीनै जनामाथि ज्यान सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार