Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रेस अफिसले गर्ने

    निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रेस अफिसले गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 864
    SHARES

    काठमाडौं । निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने भएको छ ।

    शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले



    सामाजिक सञ्जालको अनुगमन विभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रूपमा प्रेस अफिस अफिसबाटै गरिने बताएका हुन्।



    प्रेस अफिसमा नै सामाजिक सञ्जाल अनुगमन गर्न विभिन्न निकायका प्रतिनिधिहरूलाई राखिने उनले बताए।

    थपलियाले आमसञ्चार माध्यमको अनुगमन आम सञ्चार माध्यमले नै गर्दा राम्रो हुने भन्दै सञ्चार माध्यमका सामग्रीलाई लिएर पत्र नकाट्ने स्पष्ट पारे।

    थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार