Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गोठाटार गोलीकाण्ड : वीरगञ्जमा भारतीय नागरिकले दिए पेस्तोल, पक्राउ परेका तीनै जना हतियार व्यवस्थापक

    गोठाटार गोलीकाण्ड : वीरगञ्जमा भारतीय नागरिकले दिए पेस्तोल, पक्राउ परेका तीनै जना हतियार व्यवस्थापक

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 930
    SHARES

    काठमाडौं । काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जना हतियार व्यवस्थापन गर्नेहरु भएको खुलेको छ ।

    पक्राउ परेकामध्ये दुई पुरुष सुटरलाई हतियार व्यवस्थापनमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । असोज ४ गते बेलुकी भएको हत्याको घटनामा संलग्न दुई जना पुरुष र एक जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।



    उनीहरुलाई भारतीय नागरिकले हतियार दिएको र वीरगञ्जमा हतियार बुझेका उनीहरुले काठमाडौंमा सुटरलाई बुझाएका थिए । उनीहरुले २ असोज अर्थात घटनाको अघिल्लो दिन नै सुटरलाई हतियार बुझाएका थिए ।



    हतियार बुझाएर फर्किएका उनीहरु वीरगञ्जमा पक्राउ परेका हुन् । पक्राउ परेकी अर्की एक महिला भने रेकी गर्न प्रयोग भएको प्रहरीको दाबी छ । उनी लागू औषधसम्बन्धी मुद्दामा जेल समेत परेकी थिइन् ।

    गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

    घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख, एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार