Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङको रंगेलीमा ३२ वर्षीय अशोककुमार मृत फेला

    मोरङको रंगेलीमा ३२ वर्षीय अशोककुमार मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 867
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । जिल्लाको सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोककुमार यादव धामीको शव भेटिएको हो।

    घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान मोरङको रङेली बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको हो ।



    यादव असोज १४ गते घरबाट काम गर्ने भनेर प्र-नं-१०२०४४ प.३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए ।



    बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए । शुक्रबार बिहान घरबाट पूर्वतर्फको भित्री सडक खण्डमा राखिएको अवस्थामा मोटरसाइकल भेटिएको थियो ।

    शव शङ्कास्पद देखिएकोले थप अनुसन्धान गर्न कुकुर सहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार