Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले डेंगु नियन्त्रणमा पटक्कै काम गरेको छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् ।

शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । थापाले अहिलेको सरकार डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको पनि बताए।

‘सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,‘ थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौँ। तर, अहिले हाम्रै सरकारले काम गरेन।’

सरकार चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077