Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री गगन थापा भन्छन् - पार्टी शुद्धीकरणका लागि विद्रोह गर्ने अवस्था आयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन।

शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।उनले पार्टीहरू चुनाव जित्न केन्द्रीत भएको आरोप लगाए।

थापाले भने, ‘जुन उदेश्यका साथ संस्थापकहरुले यो पार्टी बनाउनुभएको हो , त्यो उदेश्य प्राप्तिका लागि फेरि मेहेनत गर्नुपर्ने छ। पार्टी शुद्धीकरणका लागि विद्रोह अपरिहार्य भएको छ।'

उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन थालेको भन्दै संघर्षका लागि तयार रहन आह्वान गरे ।  उनले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप समेत लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077