Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख र उपसभामुखको तलबभत्ता रोक्का

काठमाडौं । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो ।

सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ।

सभामुखको कार्यकालबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गत असोज ६ गते रिट दायर भएको थियो। अदालतको फैसला नआएसम्म असोज १ पछिका सेवासुविधा रोकिएको स्रोतले बताएको छ।

समानुपातिकतर्फको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म संसद्को कार्यकाल रहेकाले सभामुख र उपसभामुख कायम रहने वा नरहने भन्ने विषय विवादित छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077