Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • एमालेले थाल्यो उमेदवारबारे छलफल, लोकप्रिय व्यक्तिलाई उमेदवार छान्ने

    एमालेले थाल्यो उमेदवारबारे छलफल, लोकप्रिय व्यक्तिलाई उमेदवार छान्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 3.9K
    SHARES

    काठमाडौं । नेकपा एमाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उमेदवारका बारेमा छलफल सुरु गरेको छ ।

    बिहीबार राति अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा को–को उमेदवार बनाउन सकिन्छ भनेर छलफल प्रारम्भ भएको हो ।



    उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार ६ घण्टाभन्दा लामो समय बसेको बैठकमा प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सम्भावित उमेदवारबारे छलफल भएको थियो ।



    उमेदवारबारे केन्द्रीय हेडक्वाटर र अध्यक्षले परामर्श गरेर निर्णय लिने उनले बताए । समानुपातिक सूचीमा थपघट गर्नुपर्ने भए निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई अघिल्लै बैठकले दिइसकेको गुरुङको भनाइ छ ।

    त्यस्तै, एमालेमा १० बुँदे सहमति गरेर बसेकाहरू, पूर्वमाओवादीबारे गरिएका टिप्पणी मनगढन्ते भन्दै उनले लोकप्रिय व्यक्तिलाई उमेदवार छान्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार