Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धनमा १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगियो

    गठबन्धनमा १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगियो

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ ।

    केही क्षेत्रमा मात्रै गठबन्धनले टिकटको भागबन्डा टुंग्याउन बाँकी रहेको छ । हालसम्म १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगिएको छ ।



    जसअनुसार नेपाली कांग्रेसले ८५ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४१ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ ।



    त्यस्तै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले १७ सिट पाउने सहमति गरिएको छ ।

    त्यस्तै जनता समाजवादी पार्टीले १२ निर्वाचन क्षेत्र, जनमोर्चाले २ निर्वाचन क्षेत्र पाउने सहमति गरिएको कार्यदल स्रोतले जनाएको छ ।

    केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार