Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बत्तिसपुतलीमा शेखर समूहको चियापान, आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज बिहान चियापन कार्य्रकम हुँदै छ ।

दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि उक्त समूहले संघर्षकै रूप भनेको छ।

काठमाडौंको बत्तिसपुतलीमा आज बिहान ८ः१५ मा चियापान गर्ने र भावी रणनीति तय गरिने नेताहरूले बताएका छन् ।

चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ। चियानपान कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।

कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077