काठमाडौं । विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रसँगै बागमती प्रदेशकी पूर्व सांसद शोभा शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन्।
बुधबार मिश्रसँगै उनी पनि राप्रपामा समाहित भएकी हुन्।
आफू राप्रपाको विचारसँग नजिक रहेको उल्लेख गर्दै शाक्यले देश र पार्टी दुवै बनाउने अभिभारा आफूमा आइपुगेको बताइन्।