Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद उद्घाटनका लागि राष्ट्रपतिलाई निम्तो

    नवौं राष्ट्रिय खेलकुद उद्घाटनका लागि राष्ट्रपतिलाई निम्तो

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पठाइएको छ।

    राष्ट्रपति भण्डारीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन्।



    पोखरा रंगशालामा असोज २८ गते हुने नवौं राष्ट्रिय खेलकुदको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन् गर्ने कार्यक्रम अनुसार निमन्त्रणा गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।



    यस्तै, कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

    प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार