Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव लडाईं हो, एमालेले जित्नैपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको निर्वाचन लडाईंको रुपमा रहेको बताएका छन् ।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आवद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताए।

उनले भने, ‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन। यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ। जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौं।’

उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे। उनले पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको बताए। उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077