Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

    सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 966
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।



    कम्पनीले सर्वसाधारणलाई २९ भदौदेखि २ असोजसम्म ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो ।



    बाँकी १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । उक्त आईपीओमा कूल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

    जसमध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन स्वीकृत भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

    माग भन्दा बढीको आवेदन परेकाले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरेको छ ।

    यसरी बाँडफाँट गर्दा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदन दिने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार