Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण : हरियो स्टिकर खानयोग्य, रातो अयोग्य

    आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण : हरियो स्टिकर खानयोग्य, रातो अयोग्य

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा विभागले खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

    दशैँमा उपभोक्ताको स्वास्थ्यमा नै असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न लागेको विभागले जनाएको छ ।



    आजदेखि १८ गते नवमीको दिनसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् ।



    विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछ ।

    खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । यसवर्षको दशैँमा काठमाण्डौ उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार