Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • भाटभटेनीको दसैँ अफर : ३० सेकेन्डमा सामान छान्नुस्, सित्तैमा लैजानुस्

    भाटभटेनीको दसैँ अफर : ३० सेकेन्डमा सामान छान्नुस्, सित्तैमा लैजानुस्

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भाटभटेनी सुपर मार्केटले दसैँ तिहार र छठको अवसरमा ग्राहक लक्षित योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत प्रत्येक स्टोरबाट तीन/तीन जना ग्राहकले ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरी लैजान पाउनेछन् ।

    यसपालिको दसैँ तिहार र छठ विगत ३ वर्षयताकै विशेष भएकोले यसपाली विशेष स्कीम ल्याइएको भाटभटेनी सुपरमार्केका चीफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले जानकारी दिए ।



    भाटभटेनीले सबै सामानमा १० प्रतिशत छुट, एनआईसी एसिया बैंकको कार्डबाट भुक्तानी गर्दा थप १० प्रतिशत गरी २० प्रतिशत छुट र एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा थप विभिन्न प्रकारका छुट र उपहार पाउने योजना ल्याएको पौडेलले बताए ।



    ‘अहिले भाटभटेनीका २३ वटा स्टोर छन्, यी स्टोरबाट हरेक साता ३÷३ जनाको दरले अनलिमिटेड सपिङ स्कीम पाउनुहुन्छ, यसको लागि लक्की ड्रबाट छानिएका ग्राहकले ३० सेकेन्डमा जति सक्नुहुन्छ, त्यति सपिङ गर्न पाउनुहुन्छ,’ सीओओ पौडेलले भने । यो स्कीम भनेको एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा सहभागी हुन पाइने स्कीम हो ।

    उनका अनुसार यसरी सामान लिन पाइने भनेको ग्रोसरीका सामान हो । यस्तो योजना सार्वजनिक गर्नुअघि भाटभटेनीले परीक्षण पनि गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार