Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै

    ‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 861
    SHARES

    काठमाडौं । नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ फिल्म चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ ।

    देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ ।



    नेपालीभाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जानकारी दिएका छन् ।



    निर्माता पौडेलले अस्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन् ।

    भर्खरै नेपालबाट ९५औं संस्करणको एकेडेमी अवार्ड ९अस्कर० का लागि नेपालबाट सिफारिस भएको फिल्मले नेपालको बक्स अफिसबाट एक करोड हाराहारी ग्रस गरेको छ ।

    फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् ।

    फिल्ममा सिरु विष्टबाहेक नयाँ कलाकारको अभिनय रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार