Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा प्रवेश गर्दै एमालेका केन्द्रीय कमिटी सल्लाहकार गंगाराम

जनकपुरधाम । नेकपा एमाले नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने भएका छन् ।

नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् ।

यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको छ ।

सोही कारण रुष्ट यादवले एमाले त्यागेको घोषणा गरेका हुन् । यादव जनता समाजवादी पार्टी जसपा मा प्रवेश गर्ने तयारीमा छन् । जसपाले यादवलाई सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077