Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • चन्द्रागिरि नगरपालिकाले डेङ्गु रोगको निःशुल्क परीक्षण गर्दै

    चन्द्रागिरि नगरपालिकाले डेङ्गु रोगको निःशुल्क परीक्षण गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 864
    SHARES

    काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेंगी रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

    चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ ।



    नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेंगी रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए ।



    अस्पतालका प्रमुख डा हेमनाथ आचार्यले डेंगी रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार