काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।
‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
यस्तै राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।
Leave a Reply