काठमाडौं । सरकारले राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
उनलाई यसअघि मासिक २५ हजार दिइन्थ्यो । त्यसलाई वृद्धि गरी ५० हजार पुर्याइएको हो ।
‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार रार्य (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नर्स उपलब्ध गराउने निर्णय गरिएको छ ।
Leave a Reply