काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।
संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयकलाई आज राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।
यी विधेयक अब राजपत्रमा प्रकाशित भएसँगै कानुनका रूपमा कार्यान्वयनमा आउनेछन् ।
प्रमाणीकरण गरेका विधेयकहरू
१ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक
२ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
Leave a Reply