Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • व्यवसायीलाई भेटेर प्रधानमन्त्री देउवाले भने – अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही हुन्छ

    व्यवसायीलाई भेटेर प्रधानमन्त्री देउवाले भने – अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही हुन्छ

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 813
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई दसैं र तिहारको समयमा मूल्य नबढाउन आग्रह गरेका छन् ।

    प्रधानमन्त्री देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धि बारे चासो राखेका हुन् ।



    प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका थिए।



    प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । भेटमा प्रधानमन्त्री देउवाले दसैं र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने बताए ।

    उनले कडाईका साथ बजार अनुगमन गरिने र त्यसक्रममा ठगि र कालोबजारी तथा अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार