Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्वाचन आयोगलाई सूचना आयोगकाे सुझाव

    उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्वाचन आयोगलाई सूचना आयोगकाे सुझाव

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 756
    SHARES

    काठमाडौँ । राष्ट्रिय सूचना आयोगले निर्वाचन सम्पन्न भएपश्चात उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्नका लागि निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

    २०७९ वैशाखदेखि हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयन पत्र तथा संलग्न कामजातहरू सर्वसाधारण मतदाताहरूले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको जानकारी दिएको हो ।



    सूचना आयोगले स्थानीय तहको खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने, बजेटअनुसार भएका कामको नियमति रुपमा सार्वजनिक गर्ने, सूचनाको हकसम्बन्धी कानुन तथा आयोगका आदेश पालना गर्न लगाउन लगाएका आदेश दिइएको जनाएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार