Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कामुबाटै अवकाश हुँदै प्रधानन्यायाधीश कार्की, विदाइ कार्यक्रम ३ बजे

काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजदेखि अवकाश लिदैछन् ।

उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी विदाइ गरिने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

कार्कीलाई आज तीन बजे विदाइ कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएका कारण आज दिउँसो तीन बजे उनको बिदाई गरिने सर्वोच्च अदालतले जानकारी दिएको छ।

गत फागुन १ देखि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077