Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सकको लाइसेन्स परीक्षामा १ हजार १७६ जना फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा परीक्षा दिएका मध्ये १ हजार १७६ जना फेल भएका छन् ।

काउन्सीलले लिएको परीक्षामा २ हजार ६० जनामध्ये ८६३ जना मात्रै उत्तिर्ण भएको हुन् । यस्तै, ११ सय ७६ जना अनुत्तिर्ण भएका छन् ।

काउन्सिलका अनुसार मेडिकलतर्फ १६ सय ८६ र डेन्टलतर्फ ३५३ जना सहभागी भएका थिए ।

डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।

यस्तै, एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७०५ जनाले आवेदन दिएका थिए । १ हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण र ९४६ जना अनुत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077