Online Nepal
  • बुधबार, २ माघ २०८१
  • चोलेन्द्र प्रकरणमा ओली र शेखरको एउटै स्वर – शेखरले भने चोलेन्द्रलाई नजरबन्दमा राख्नु गलत

    चोलेन्द्र प्रकरणमा ओली र शेखरको एउटै स्वर – शेखरले भने चोलेन्द्रलाई नजरबन्दमा राख्नु गलत

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 948
    SHARES

    मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै जस्तो अभिव्यत्ति दिएका छन् ।

    विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।



    कोइरालाले महाअभियोग स्वतःनिस्क्रिय भएको बताएका हुन् । काेइरालाले भने, ‘महाभियोग लगाउने सांसदहरूको पदावधि समाप्त भइसकेको अवस्थामा महाभियोग स्वत: निस्क्रिय भएको छ।’

    यसअघि एमाले अध्यक्ष ओलीले पनि महाअभियोग निस्क्रिय रहेको भन्दै चोलेन्द्रको वचाउ गरेका थिए । नजरबन्दमा राखेर सरकारले निलम्बित प्रधानन्यायाधीश  जबराको मानव अधिकार हनन गरेको कोइरालले बताए।

    उनले महाभियोग लगाउने सांसदहरूको पदावधि समाप्त भइसकेको अवस्थामा महाभियोग स्वत निस्क्रिय हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार