Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनले आज प्रदेश सभाको सिट बाँडफाँडका विषयमा छलफल गर्ने

    सत्ता गठबन्धनले आज प्रदेश सभाको सिट बाँडफाँडका विषयमा छलफल गर्ने

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 690
    SHARES

    काठमाडों । प्रदेशसभाको सिट बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा रहेका दलहरूले आजदेखि छलफल गर्ने भएका छन् ।

    प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै नेताहरुले प्रदेशसभाबारे छलफल गर्ने तयारी गरेका हुन् ।



    गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।



    नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो । त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार