एजेन्सी । युइएफए नेसन्स लिगमा स्पेनमाथि स्वीट्जरल्यान्ड जित निकालेको छ ।
गएराति भएको खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई उसैको मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो ।
स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल फर्काए ।
यस जितसँगै स्वीट्जरल्यान्ड लिग ए ग्रुप दुई बाट ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।
Leave a Reply