काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको दाबी गरेका हुन् ।
उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको जिकिर गरे ।
उनले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनका निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको औँल्याए । केही समययता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको उनको भनाई छ ।