Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने जसपा कार्यकर्ता पक्राउ

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।

लोसपा सांसदलाई एमालेमा भित्र्याउन जनकपुर पुगेका अध्यक्ष ओलीलाई जनकपुर विमानस्थलबाट निस्कने बित्तिकै कालोझण्डा देखाइएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै ओलीलाई कालो झण्डा देखाएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077