Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लोसपा सांसदलाई एमालेमा भित्र्याउन रेल चढेर तीनकोरिया जाँदै ओली

जनकपुरधाम । लोसपा सांसदलाई एमालेमा भित्र्याउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम पुगेका छन् ।

पूर्व मन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली जनकपुरधाम पुगेका हुन् ।

एमालेले धनुषाको तिनकोरियामा बृह्त पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । ओली जनकपुरधाम विमानस्थलबाट सिधा जनकपुर रेल्वे स्टेशन हिडेका छन् ।

त्यहाँबाट नेपाली रेल चढेर ओली सहितका नेता कार्यकर्ता महिनाथपुर स्टेशनसम्म पुग्ने छन् । त्यहाँबाट पैदल कार्यक्रम स्थल विदेह नगरपालिकाको तिनकोरिया पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077