काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले आन्दोलनको घोषणा गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ ।
असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने,
असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको छ।
Leave a Reply