काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था कमजोर भएछि शुक्रबार उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
जोशीलाई डेंगी देखिएको छ । पिसाबमा संक्रमण र छाती तथा मुटुको पुरानो समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।
विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले उनी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन् । अस्पतालका अनुसार उनी चिकित्सकहरूको निरन्तर निगरानीमा छन्।
शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा धेरै कमजोर देखिएका र खानपिन पनि छाडेकाले त्यही टोलीले उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो।
Leave a Reply