Online Nepal
  • बुधबार, १० पुष २०८१
  • घाँस खरिदमा २१ हजार घुस लिएको आरोपमा पशु विकास अधिकृत यादवविरुद्ध अख्तियारद्धारा मुद्दा दायर

    घाँस खरिदमा २१ हजार घुस लिएको आरोपमा पशु विकास अधिकृत यादवविरुद्ध अख्तियारद्धारा मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 987
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध उच्च अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    यादवले घाँस विकास कार्यक्रमको पेस्की लिई घाँस खरिद गर्दा फार्मको संचालकबाट घाँस खरिद गरेवापत घुस चेकमार्फत लिएको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।



    अधिकृत यादवले फार्मबाट जबरजस्ती खाली विल लिई उक्त खाली विलमा घाँस खरिदको नक्कली विवरण भरी पेस्की फर्छ्यौटको लागि फार्मका संचालकलाई ७० हजार मात्र भुक्तानी दिई घाँस खरिद गरेको र एक लाख ८० हजार हिनामिना गरेको आयोगले जनाएको छ ।



    आयोगले अधिकृत यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा एक लाख ८० हजार बिगो कायम गरी ऐनको दफा १७ मा उल्लेख भए बमोजिम ऐनको दफा ३ को उपदफा १० र सोही ऐनको दफा ३ को उपदफा १० को घ बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी ऐनको दफा १७ बमोजिम हानि नोक्सान भएको बिगो यादवबाट असुलउपर गरी विगो बमोजिमको जरिवानासमेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरिएको हो ।

    आयोगले शिव नारायण यादवले फार्मबाट घाँस खरिद गर्दा फार्मका संचालकलाई दवाव र प्रभावमा पारी निजबाट २१हजार घुससमेत लिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिमको कसुर गरेको पुष्टि भएकोले यादवले लिएको घुस २१ हजार रुपैयाँ विगो

    कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० एवं सोही ऐनको दफा ३ को उपदफा १० को देहाय क बमोजिम कैद सजाय, बिगो बमोजिम जरिवाना र लिइसकेको घुससमेतको मागदाबी लिई आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार