जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जनता समाजवादी पार्टी जसपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन गरेको भन्दै जसपा मधेस प्रदेश समितिले विज्ञप्तिमार्फत संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
असोज ६ मा बसेको जसपा मधेस प्रदेश समितिले बैठकमा भएको निर्णय अनुसार राष्ट्रपति भण्डारीविरुद्ध असोज ८ देखि १७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरिएको छ ।
मधेसका आठै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै असोज ८ गते नागरीक समाज, बुद्धिजीवी, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, कानून व्यवसायी, पेशाकमी तथा अन्य सरोकारवालाहरुबीच अन्तरक्रिया गर्न पत्रमा आग्रह गरिएको छ ।
Leave a Reply