Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीमफेदी बस दुर्घटना : मृतक ६ जनाको सनाखत

मकवानपुर । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा र वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार रहेका छन् ।

यस्तै भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेको उनले बताए ।

बाँकी मृतक एकजनाको सनाखत हुन बाँकी छ। गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा अन्य २१ घाइतेको हेटौँडा अस्पतालमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077