Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - अहंकारी गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको अपमान गर्नुलाई सत्ता गठबन्धनले महानता ठानेको बताएका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले सत्तारूढ गठबन्धनले संविधानको धारा १८१ पटक-पटक उल्लंघन गरेको आरोप लगाए।

कार्यक्रममा उनले भने, ‘यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन। संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ तर यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ।’

सत्ता गठबन्धनलाई एमालेले प्रतिनिधिसभाको निर्वाचनबाट हटाउने ओलीको दाबी छ। गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077