काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देश र संविधानको भाषा बोल्ने दाबी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमका बोल्दै उनले यस्तो बताएका हुन् ।
ओलीले भने, ‘नेकपा एमाले देशको भाषा बोल्छ । जनताको भाषा बोल्छ । संविधानको भाषा बोल्छ । कानूनको भाषा बोल्छ।’
गठबन्धन निजी स्वार्थका लागि जे काम पनि गर्न तयार हुने अवस्था देखिएको अध्यक्ष ओलीले बताए ।
उनले भने, ‘गठबन्धन मसलको भाषा बोल्छ । निजी स्वार्थको भाषा बोल्छ।’ एमाले गठबन्धनका पार्टीजस्तो सुरक्षाको खोजी गर्दै दौडिने पार्टी नरहेको अध्यक्ष ओलीले बताए ।
Leave a Reply