Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शंकर पोखरेलले भने - नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजियो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गलत नभएको बताएका छन् ।  बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताए। पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा गर्दा अहिलेको समस्या आएको जिकीर गरेका छन्।

राष्ट्रपति भण्डारीले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट चुनौती दिन खोजेको आरोपसमेत महासचिव पोखरेलले गठबन्धनमाथि लगाए ।

पोखरेलले अध्यादेशमार्फत जन्मसिद्धका सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077