काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।
गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ ।
Leave a Reply