Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन भन्छन् – रुसले युक्रेनको अस्तित्वको अधिकार खोस्न खोज्यो

    अमेरिकी राष्ट्रपति बाइडेन भन्छन् – रुसले युक्रेनको अस्तित्वको अधिकार खोस्न खोज्यो

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 789
    SHARES

    एजेन्सी । रुसले युक्रेनको अस्तित्वको अधिकार नामेट पार्न खोजेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

    संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै बाइडेनले यो एक व्यक्तिको रोजाइको युद्ध भएको बताएका हुन्।



    ‘खुलेर कुरा गरौँ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको एक स्थायी समिति सदस्यले आफ्नो छिमेकीमाथि आक्रमण गर्यो। एक सार्वभौम मुलुकलाई नक्साबाटै नामेट पार्न खोज्यो,’ बाइडेनले भने, ‘रुसले निर्लज्ज तरिकाले राष्ट्रसंघीय बडापत्रको आधारहरुलाई उल्लंघन गर्यो।’



    बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जगेडा सैनिकहरुलाई युद्धमा परिचालन गर्ने घोषणा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार