Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्र हितविरूद्धका गतिविधिमा गठबन्धनलाई साथ दिन सकिदैन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्र हितविरूद्धका गतिविधिमा सत्ता गठबन्धनलाई साथ दिन नसकिने बताएका छन् ।

सत्ता गठबन्धनमा रहेकका राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

उनले आफूहरू प्रतिगमनको विरोधमा मात्रै गठबन्धनमा सामेल भएको बताउँदै राष्ट्र हितविरुद्धका गतिविधिमा साथ दिन नसक्ने प्रष्ट पारे।

गठबन्धनको तर्फबाट जारी संयुक्त वक्तव्यमा जनमोर्चाले हस्ताक्षर गरेको छैन।

राष्ट्रपतिको भूमिकाको बिषयमा आफूहरू तटस्थ बस्ने अध्यक्ष केसीले बताए। यसअघि सन्देशसहित राष्ट्रपतिले विधेयक फिर्ता पठाउँदा आफूहरुले स्वागत गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077