Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अख्तियारद्वारा एक वर्षमा १ सय ३१ मुद्दा दायर, ३ करोड बराबरको बिगो मागदाबी

    अख्तियारद्वारा एक वर्षमा १ सय ३१ मुद्दा दायर, ३ करोड बराबरको बिगो मागदाबी

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 870
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्षको २०७८/०७९ वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधबार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

    आयोगले अघिल्लो आर्थिक वर्षमा १ सय ३१ वटा मुद्दा दायर गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले अदालतमा दर्ता गरेका मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी रहेको जनाएको छ ।



    सम्पत्ति हानि नोक्सानीका ३५ वटा मुद्दा र ३४ वटा गैरकानुनी लाभ वा हानि पुर्‍याएको सम्बन्धी मुद्दा रहेका छन् । यस्तै, घूससँग सम्बन्धित मुद्दाको संख्या ३२, झूठा शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित मुद्दा ६, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ७, राजस्व चुहावटसम्बन्धी ५ र विविधसम्बन्धी १२ वटा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।



    ती मुद्दामा ५ सय ३८ पुरुष र १०१ महिला गरेर ६ सय ३९ जना प्रतिवादी रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । यस्तै ती मुद्दामा अख्तियारले २ अर्ब ७९ करोड २७ लाख ४८ हजार बराबरको बिगो मागदाबी पनि गरेको छ ।

    गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी मधेश प्रदेशबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । मधेश प्रदेशमा सबैभन्दा बढी २४.७५% उजुरी आएका आयोगले जनाएको छ ।

    प्रतिवेदनमा आयोगले वर्षभरि सम्पादन गरेका,सम्पादन गर्नुपर्ने लगायतका कार्यहरूका साथै अनुसरण गर्नुपर्ने कामहरू समेत औँल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार