Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४१ ठूला करदातालाई मेयर बालेनको उर्दी : १० दिनभित्र सम्पति विवरणसहित कर तिर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४१ वटा कम्प्लेक्स तथा सपिङ सेन्टर, मल तथा व्यवसायिक भवनहरुलाई १० दिनभित्र सम्पति विवरणसहित कर तिर्न निर्देशन दिएको छ ।

बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको हो ।

महानगरपालिकाले ती संघ संस्थालाई अविलम्ब भएको भए सोको जरिवाना समेत बुझाउन ताकेता गरेको छ । महानगरले यस्ता कम्प्लेक्सहरुको भाडाबापत लिनेदिने बीचको सम्झौता बमोजिम लाग्ने १० प्रतिशतको बहाल करसमेत तोकिएको मिति भित्रै बुझाउन उर्दी जारी गरेको छ ।

यस्तो व्यवसायिक भवनहरुमा जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्स्योरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, ल्याण्डमार्क होटल, ओम सान इन्टरनेशनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सिभिल महल, सिटिसि मल लगायत एनआरटी क्लब समेत परेका छन् ।

यस्तो छ महानगरको पत्र

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077