Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै एमाले निकट अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंको घण्टारघरस्थित त्रिचन्द क्याम्पस अगाडि उनीहरुले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण गरेर उचित कदम चालेको भन्दै समर्थन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले 'सम्मानीय राष्ट्रपतिलाई हाम्रो सम्मान छ',  'नागरिकता बेच्न पाइदैन' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077